Nepali Food Adda

Nepali Food Adda Promoting the taste of organic cooking.

पानीपुरी मन नपर्ने त कमै हुनुहुन्छ होला है साथीहरू। 😋खाजा खानुभयो त? आज तपाईंहरूको खाजामा के थियो? मेरो त आजको खाजा पानी...
12/08/2026

पानीपुरी मन नपर्ने त कमै हुनुहुन्छ होला है साथीहरू। 😋
खाजा खानुभयो त? आज तपाईंहरूको खाजामा के थियो? मेरो त आजको खाजा पानीपुरी हो। 😍
हजुरहरूको खाजामा के थियो, कमेन्ट गरेर भन्नुहोस् है। ❤️

12/08/2026

साथीहरू, खाजा खानुभयो? 😋

मैले त आज खाजामा पानीपुरी बनाएर खाएँ। एकदमै मिठो भयो। 😍

तपाईंहरूको आजको खाजामा के थियो त? कमेन्ट गरेर भन्नुहोस् है। ❤️

12/08/2026

च्याउ र आलुको सब्जी यसरी बनाउँदा एकदमै मिठो हुन्छ है साथीहरू 🍄🥔😋

11/08/2026

साथीहरू, निगुरो र आलुको सब्जी को–कोलाई मन पर्छ? 😋🥔🌿

मन पर्छ भने कमेन्ट गर्नुहोस् है। आज तपाईंहरूको भान्सामा के पाक्यो त? 😊

मलाई धेरैजना साथीहरूले ग्रेभी चिकेन अचारको रेसिपी सोध्नुभएको थियो। 😊यसको रेसिपी मैले प्रोफाइलमा राखेको छु, हेर्न सक्नुहु...
11/08/2026

मलाई धेरैजना साथीहरूले ग्रेभी चिकेन अचारको रेसिपी सोध्नुभएको थियो। 😊
यसको रेसिपी मैले प्रोफाइलमा राखेको छु, हेर्न सक्नुहुन्छ है। एकदमै सजिलो तरिकाले बनाउन सकिन्छ र पनि निकै मिठो हुन्छ। 🍗❤️
रेसिपी हेरेर बनाउनुभयो भने कस्तो लाग्यो, कमेन्ट गरेर अवश्य बताउनुहोस् है।

11/08/2026

साथीहरू, लप्पक परेको चिकेन 🍗ग्रेभी अचारको रेसिपी भिडियो लिएर आएकी छु। 😋

साथीहरू, लप्पक परेको चिकेन🍗 ग्रेभी अचारको रेसिपी लिएर आएकी छु। 😋सबैभन्दा पहिले चिकेनमा नुन र बेसार हालेर १५–२० मिनेटका ल...
09/08/2026

साथीहरू, लप्पक परेको चिकेन🍗 ग्रेभी अचारको रेसिपी लिएर आएकी छु। 😋

सबैभन्दा पहिले चिकेनमा नुन र बेसार हालेर १५–२० मिनेटका लागि म्यारिनेट गरेर राख्ने। मसालाको लागि जिरा, धनियाँ, तोरी, तिल, सौंफ, मेथी र टिमुरलाई प्यानमा २ मिनेट जति भुट्ने र पिसेर पेस्ट तयार गर्ने। अब कडाइमा तेल तताएर चिकेनलाई गोल्डेन ब्राउन हुनेसम्म भुट्ने र त्यही तेलमा लसुनलाई पनि राम्रोसँग भुट्ने।

त्यसपछि लसुन, अदुवा र आफ्नो स्वादअनुसार खुर्सानी मिसाएर पेस्ट बनाउने। इमलीलाई तातो पानीमा भिजाएर नरम भएपछि पेस्ट तयार गर्ने र बियाँ निकाल्ने। अब त्यही तेलमा लसुन, अदुवा र खुर्सानीको पेस्ट हालेर भुट्ने। त्यसपछि इमलीको पेस्ट हालेर राम्रोसँग चलाउँदै भुट्ने र तयार गरेको मसालाको पेस्ट पनि हालेर सबै सामग्री राम्ररी मिसाउने।

अब भुटेको चिकेन हाल्ने र नुन, बेसार तथा रङका लागि कश्मीरी रातो खुर्सानी थप्ने। केही बेर पकाएपछि स्वादिलो, पिरो, अमिलो र लप्पका परेको चिकेन अचार तयार हुन्छ। ❤️

09/08/2026

घरमै सजिलै बन्ने यो बारा खाजाको लागि एकदमै पौष्टिक हुन्छ। 😋

08/08/2026

भिण्डी र आलुको 🥔सब्जी मन पर्छ कि पर्दैन?

08/08/2026

फर्सीको मुन्टा सकियो कि छ साथीहरू? 😋
हामी त अझै पनि खाँदै छौं

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Food Adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share